कृषि विकास बैंक कर्मचारी संगठन नेपाल कृषि विकास बैंकमा कार्यरत कर्मचारीहरुको हकहितमा निरन्तर रुपमा लागि पर्ने एक संगठन हो । जसले संगठनात्मक गतिविधिका साथै कर्मचारी तथा आम बैंकिग सेवामा प्रवेश गर्न ईच्छुक पाठकको लागि लोकसेवा आयोगको परिक्षामा सहयोग पुग्ने सामाग्रीहरु प्रकाशन गर्ने गर्दछ । त्यसैको निरन्तरता स्वरुप संगठनको नियमित प्रकाशनको २३ औं अंक संगठन स्मारिका सृजना प्रकाशन गरेको छ । यस स्मारिकामा बैकिंग क्षेत्रमा लामो अनुभव भएका दक्ष र अनुभवी कर्मचारी तथा लेखक ज्यू हरुले लेख्नु भएका ३७ वटा परिक्षा उपयोगी लेख सामाग्रीहरु समावेश गरिएको छ । यसले पाठकहरुलाई पक्कै पनि लाभ पुग्ने छ भन्ने आशा लिएका छौ ।
-प्रकाशन समूह कृषि विकास बैंक कर्मचारी संगठन नेपाल